२१ भाद्र २०८२, शनिबार
Follow Us

सगरमाथामा नयाँ विश्व कीर्तिमानः दुवै खुट्टा गुमाएका हरिबहादुर बुढा मगर सगरमाथाको शिखरमा

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०८०, शनिबार २२:२०

लण्डन् । सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका हरि सन् २०१० मा तालिबानको एम्बुसमा परेका थिए

घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समूहका जनसम्पर्क सदस्यले जानकारी दिएका छन्।

यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्।

कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्।

उक्त आरोहण दलको नेतृत्व कृष्ण थापाले गरेको जनाइएको छ।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन्।

ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए।

उनले दुवै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए।

धेरै पढिएको