२१ भाद्र २०८२, शनिबार
Follow Us

दुवै खुट्टा गुमाएका विश्व कीर्तिमानी हरि बुढामगरको भव्य स्वागत (भिडियो)

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०८०, मंगलवार ०७:५८

लण्डन् । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरलाई काठमाडौंमा स्वागत गरिएको छ।

त्रिभुवन विमानस्थलमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, थबाङी समाज, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, नेपाल मगर एसोसिएनलगायतले भव्य स्वागत गरेका हुन्। बुढामगर यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्।

पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ ९घुँडा माथिबाट दुवै अंग विच्छेदन० व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्। कृत्रिम खुट्टा ९प्रोस्थेटिक० को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्।

झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरे।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।

यसअघि पनि उनले बुढामगरले मोन्ट ब्लाङ्क ९४,८१० मिटर०, चुलु सुदूरपूर्व ९६,०५९ मिटर०, किलिमन्जारो ९५,८९५ मिटर०, र मेरा पिक ९६,४७६ मिटर० आरोहण गरेका छन्। उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडामाथि (दुवै अंगवि च्छेदन) डबल एम्प्युटी गर्ने बने।

उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा भएको हो। यसअघि पनि उनी सगरमाथाको आधार शिविरसम्म पुगिसकेका छन्।

धेरै पढिएको