२१ भाद्र २०८२, शनिबार
Follow Us

एक साताका लागि देउवा सिंगापुर प्रस्थान गर्दै

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०८०, मंगलवार ०५:५०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि पुर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन । उनी राति ११ बजे सिंगापुरका प्रस्थान गर्नेछन् ।

पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि साथमा रहने छिन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समय देखी सिंगापुरमा उपचार गर्दै आइरहेका छन ।  यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।

धेरै पढिएको