२१ भाद्र २०८२, शनिबार
Follow Us

राष्ट्रपति पौडेल अस्पतालमा भर्ना

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०८०, मंगलवार १०:००

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मङ्गलवार बिहान गङ्गालाल हस्पिटलमा फलो अपको लागि भर्ना भएका हुन् । राष्ट्रपति पौडेलको मुटुमा समस्या आएको जनाइएको छ।

यसअघि वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो ।

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भएको थियो। करिब दुई हप्ता लामो उपचार पछि राष्ट्रपति पौडेल वैशाख १८ गते स्वदेश फर्केका थिए।

धेरै पढिएको