२२ भाद्र २०८२, आईतवार
Follow Us

विमलको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक

नेपालब्रिटेन संवाददाता
३ असार २०८०, आईतवार ०४:४१

काठमाडौं । पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ । शनिबार साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमा फणिन्द्रकुमारी नेपालले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यास “पीपला” मा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटिएको छ ।

कार्यक्रममा वक्ताहरुले उपन्यासमाथि टिप्पणी गर्नुहुदै सरल भाषामा उत्कृष्ट बिम्बको प्रयोगले पुस्तकलाई अब्बल बनाएको बताउनुभयो । कार्यक्रममा बोल्नुहुदै लेखक विमलले सशस्त्र द्वन्द्वमाथि घनघोर प्रश्न पुस्तकले गरेको बताउनुभयो ।

धेरै पढिएको