२० भाद्र २०८२, शुक्रबार
Follow Us

उपमेयरलाई दुर्व्यवहार गरेको आरोपमा एमाले नेता पक्राउ

नेपालब्रिटेन संवाददाता
१२ असार २०८०, मंगलवार १५:१४

महोत्तरी । युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका  नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् । गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उपमेयर महतोको उजुरीको आधारमा उन्लाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए ।

महतोमाथि  उपमेयरले दिएको उजुरीउपर छानबिन गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसअघि उपमेयरको कार्यकक्षमा नै प्रवेश गरी हातपात समेत गर्न खोजेको पनि आरोपित भनिएका् महातोमाथि आरोप  छ ।

धेरै पढिएको