२८ आश्विन २०८२, मंगलवार
Follow Us

माओवादी शीर्ष नेताहरूको बैठक फेरि बस्ने

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०८०, बुधबार ०६:२६

काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको तयारी थालेको छ ।

यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको हो ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पदाधिकारी बैठकमा भएका छलफलका विषयमा बुधबार अपरान्ह फेरि शीर्षनेताहरुको बैठक फेरि छलफल गर्ने उनले बताए ।

धेरै पढिएको