१८ भाद्र २०८२, बुधबार
Follow Us

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०८०, बुधबार ०५:२८

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ । बुधबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

पार्टीभित्रकै नेताहरूको दबाबका कारण बैठक लाइभ नगर्ने निर्णय भएकाे एक नेताले जानकारी दिए।

यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरु हुँदैछ।

धेरै पढिएको