१८ भाद्र २०८२, बुधबार
Follow Us

सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया विमानस्थलबाट पक्राउ

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८०, शुक्रबार १३:१५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् ।

दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् ।

असार ३० मा हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स हुँदै काठमाडौं ल्याइएको ‘ब्रेक प्याड’भित्र राखेर सुन तस्करी हुँदा राकेश अकुडिया पनि मुछिएका छन् । प्रहरीले उनलाई खोजिरहेको बेला छोरा पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा नाम जोडिएपछि राकेश भने फरार रहँदै आएका छन् ।

यसअघि प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो ।

धेरै पढिएको