२८ आश्विन २०८२, मंगलवार
Follow Us

इन्जिनियर घुससहित रङ्गेहात पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०८०, आईतवार १४:००

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना इन्जिनियरलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । आयोगले धनुषाको सबैला नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी पुरु देव यादवलाई १ लाख नगद र एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको हो ।

अख्तियारका अनुसार उनलाई सहिद नगर नगरपालिका ३ स्थित पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिएको हो ।

इन्जिनियर यादवले शहिदनगर नगरपालिका वडा नम्बर ९ स्थित एक विद्यालयको बाउन्ड्री निर्माण गरिरहेको आदित्य एण्ड सरोज इन्जीनीयरीन कन्ट्रक्सनका अख्तीयारवालले उक्त वाउन्ड्री निर्माया कार्य सम्पन्न गरी भुक्तानी माग्दा बहाना बनाई दुख दिएको र भुक्तानी दिन घुस मागेको अख्तियारको दाबी छ ।

धेरै पढिएको