१७ भाद्र २०८२, मंगलवार
Follow Us

बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भिड

नेपालब्रिटेन संवाददाता
२९ कार्तिक २०८०, बुधबार ११:३१

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भिड रहेको छ। भाइटीकाको अवसरमा आज बिहानैदेखि सर्वसाधारणका लागि मन्दिर खोलिएको थियो।

बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाको दिनमात्र खुल्ने गर्छ। सो मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

भाइटीकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन्। विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनः निर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ।

धेरै पढिएको