१९ भाद्र २०८२, बिहीबार
Follow Us

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

नेपालब्रिटेन संवाददाता
२५ पुष २०८०, बुधबार ११:३५

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो ।

इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । गत पुस १३ गते बसेको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि बुधबार इजलास बसेको थियो।

धेरै पढिएको