१९ भाद्र २०८२, बिहीबार
Follow Us

गठबन्धन छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको छ: झलनाथ खनाल

नेपालब्रिटेन संवाददाता
२ माघ २०८०, मंगलवार १३:३६

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको बताएका छन । उनले गठबन्धनको संस्कृति बमोजिम कंग्रेस र माओवादी अगाडि नबढेको पनि आरोप लगाएका छन । उनले भनेका छन, ‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका छन् ।

स्थानीय तहको निर्वाचनदेखि नै हामीलाई पेलेका पेलै छन् । गठबन्धनमा कहिलेसम्म रहने भन्ने बारेमा सिंगो पार्टीमा कुरा उठेको छ । समीक्षा गरेर टुंगोमा पुग्न बाँकी छ । सरकार छाड्नेसम्बन्धमा निष्कर्षमा पुग्ने छौँ ।

गठबन्धनभित्र अटाउन हामीलाई अत्यन्त असहज भइसकेको छ ।’ उनले आफूहरूको मतले कांग्रेस र माओवादी मोटाएको भन्दै ठूला पार्टीका गलत नीतिका कारण राष्ट्रिय सभामा उचित सिट नपाएको उनले बतटाएका छन । उनले भनेका छन, ‘हाम्रो मतले कांग्रेस र माओवादी मोटाए आफ्नो स्टे«न्थ देखाएर खै तिनिहरूको स्ट्रेन्थ भनेर हामीलाई सिट नदिने गलत नीति लिए ।

हाम्रो पार्टीमाथि प्रभुत्व जमाउने, अरुको टाउकामाथि टेकेर आफूलाई अग्लो बनाउने यो गलत नीति हो’, कांग्रेस–माओवादीको नीतिप्रति असहमति राख्दै उनले भने, ‘यस्ता नीतिहरूको पक्षमा हामी छैन ।

सरकारको बारेमा हामी गम्भीर समीक्षा गर्छौँ । सरकारमा सहभागी भएर हामीले केही पनि प्राप्त गरेजस्तो लाग्दैन । सरकारको नीति, कार्यक्रम र बजेटमा सबै एकलौटीकरण छ ।’ सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचन, सरकारको काम, विधान मस्यौदा लगायत विषयमा छलफल भएको थियो ।

धेरै पढिएको