काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वमा अझै आफ्नो विकल्प नभएको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पार्टी नेतृत्वमा रहेर अझै आफूले गर्नुपर्ने काम बाँकी थियो ।
अहिले नै नेतृत्वको विकल्पमा तयार भइनसकेको भन्दै उनले समय आएपछि युवा पुस्तालाई अघि सार्ने वातावरण बनाइदिने उनको भनाइ थियो । नेता जनताले जन्माउने भएकाले रातारात नाटकीय रुपमा कोही पनि नेतृत्वमा आउन नसक्ने प्रचण्डले उल्लेख गरे । ‘जनताले जन्माउने हो नेतृत्व भनेको । नेतृत्व जन्मिने भनेको रातारात होइन । इतिहासले पनि रातारात नाटकीय ढंगले जन्माउन सक्दैन । त्यसले पनि एउटा प्रक्रियाको संघर्षको, बहसको, वैचारिक संघर्षको र वर्गसंघर्षको, वैज्ञानिक प्रयोगको एउटा प्रक्रियाबाट गुज्रिएपछि मात्रै नेतृत्व बन्ने हो । नेतृत्व पैदा हुने हो ।’
पार्टी नेतृत्वप्रति उदासीन हुने काम नगर्न उनले नेता–कार्यकर्तालाई सचेत गराए ।