१९ भाद्र २०८२, बिहीबार
Follow Us

लिभिङ टुगेदरमा बसेकी प्रेमिकाकाे अन्सारीले किन गरे हत्या ?

नेपालब्रिटेन संवाददाता
१४ माघ २०८०, आईतवार १२:५४

काठमाडौं । स्वयम्भू स्थित शोभा भगवतीमा तनहुँको भिमाद नगरपालिका–५ घर भएकी सफिना मियाँ मृत फेला परिन् । सरिता गिरीले भाडामा लगाएको भुईँ तलामा बस्नेहरू ३ महिनादेखि ताला लगाएर हिँडेपछि उनले कोठा खोलेकी हुन् ।

तर, ताला फुटाएर कोठा खोल्दा ५१ वर्षीया सफिना मृत भेटिइन् । काठमाडौंमा भएको बिभत्स हत्या ३ महिनासम्म सार्वजनिक भएन । हत्यामा संलग्न आरोपीले हत्या गरेपछि ढोकामा ताला लगाएर हिँड्दा घटना बाहिर नआएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् ।

हत्यामा संलग्न भएको आरोपमा भारतको बिहारस्थित लालबाग थाना घर भएका ईकरामुल हक अन्सारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४३ वर्षीय अन्सारी कालिमाटीबाट पक्राउ परेका हुन् ।

ईकरामुल हक अन्सारी र सफिनाको बीचमा गहिरो ‘प्रेम कहानी’छ । करिब ९ वर्षअघि नेपाल आएर गार्मेन्टमा कालिगढको काम गर्न थालेका अन्सारी र सफिनाबीच नरदेबीमा चिनजान हुन्छ । नरदेवीस्थित अन्सारी बस्ने डेराको पल्लो कोठामा सफिना बस्थिन् । छोरी र ज्वाइँसँगै बस्ने सफिना र अन्सारी आपसमा नजिकिए । सफिनाका श्रीमान् भारतमा छन् ।

उनीहरु लिभिङ टुगेदरमा बसेका थिए । सफिनाले अरु पुरुष कोठामा ल्याउने गरेको थाहा पाएपछि उनको हत्या गरेको अन्सारीले प्रहरीसमक्ष बयान दिएका छन् ।

धेरै पढिएको