२१ भाद्र २०८२, शनिबार
Follow Us

आईजीपी परिवर्तन हल्लामात्रै होः प्रधानमन्त्री प्रचण्ड

नेपालब्रिटेन संवाददाता
४ असार २०८१, सोमबार १२:३५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने हल्लामात्रै भएको बताएका छन् ।

प्रचण्डले ढुक्क भएर काम गर्न आईजीपीहरूलाई निर्देशन दिएको पनि बताएका छन । यसअघि प्रहरी महानिरीक्षक परिवर्तन हुने हल्ला चलेको थियो ।

त्यसबारे आज चितवनमा पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डसँग पनि जिज्ञासा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले आईजीपी परिवर्तनको हल्लामात्रै भएको बताएका छन ।

उनले भने, ‘३ वटै आईजीपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु, ‘त्यही स्प्रिटमा काम गर्नुस् भनेको छु । आईजीपी परिवर्तन हुँदैन । त्यो हल्लामात्रै हो ।’

यसअघि नेपाल प्रहरीका आईजीपी परिवर्तन हुने भन्नेबारे विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि नेपाल प्रहरीले शनिबार एक विज्ञप्तिसमेत प्रकाशन गरेको छ ।

धेरै पढिएको