काठमाडौं । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिनुपर्ने बताएका छन ।
आज शुक्रबार पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन । सभापति देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उनीहरूलाई पनि अवसर दिन सुझाव दिएका छन ।
सिटौलाको भनाई उधृत गर्दै एक नेताले, ‘सभापतिजीले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उहाँहरूलाई अवसर दिनुपर्छ ।’साथै उनले एमाले चुनावमा मुख्य प्रतिस्पर्धी पार्टी रहेपनि अहिले एमालेसँग गठबन्धन भएकाले गठबन्धन जोगाएर सरकारलाई निरन्तरता दिनुपर्ने बताएका छन ।