२५ भाद्र २०८३, बिहीबार
Follow Us

“गगनलाई टक्कर दिने सूर्य धौलागिरीबाट उदाए”

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७४, मंगलवार १२:२७

लन्डन । स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय थियो । अधिकांशले निर्वाचन हुँदैन भन्ने आशंका गरिरहेका बेला बाग्लुङ एमालेमा छुट्टै माहोल थियो । निर्वाचनको घोषणासँगै बाग्लुङ एमालेका एक नेताले बामपन्थी एकताको लागि ‘एक वाम एक ठाम’को नीतिको वकालत गरे ।
नेपाली कांग्रेस र बामपन्थी (माओवादी केन्द्र) सत्तामा रहेकाले बाग्लुङमा वामपन्थी एकताको सम्भवना न्यून थियो । वामपन्थीहरु एकै ठाउँमा हुने हो भने बाग्लुङमा अन्य राजनीतिक दलले च्याउन सक्दैन भन्ने कुराको उनी राम्रो जानकार थिए । चुनाव नजिकै जाँदा वामपन्थीहरुबीच चुनावी तालमेलका लागि वार्ताहरु लगातार भए । पटक–पटक ती वार्ताहरु असफल भए, तर उनले हार खाएनन् वाम गठबन्धन बनाउन लागिरहे ।

बाग्लुङमा अन्य वामपन्थीहरुको तुलनामा राष्ट्रिय जनमोर्चा सशक्त मानिन्छ । दुई–चार चरणको वार्तापछि जनमोर्चा र एमालेबीच चुनावी लगन गाँठो कसियो । माओवादी केन्द्रका केन्द्रीय नेताका परिवार सदस्य जो उम्मेदार बनेका थिए उनीहरु पराजय स्वीकार्न तयार भए, तर वाम गठबन्धमा आउन चाहेनन् ।

नेकपा एमालेको पोलिटब्यूरो बैठकले स्थानीय तहमा समीकरण गर्न अधिकार जिल्लालाई दियो । यसको पूर्णरुपमा सदुपयोग गर्ने रणनीति बाग्लुङ एमाले लियो । एमालेले राप्रपासँग पनि गठबन्धन गर्ने घोषणा ग-यो । बाग्लुङ बजारमा बलिया मानिएका राप्रपा नेता तथा पूर्वपञ्च सुरेन्द्र खड्कासमेत एमाले–जनमोर्चाको हलमा जोडिन पुगे । चुनावको दिनसम्म अमलाचौर, नारायणस्थान, पयैपाटा पूर्वगाविसमा नेपालको अन्यत्र नभएको गठबन्धन बनाउन एमाले सफल भयो ।

माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, क्रान्तिकारी माओवादी एक ठाउँमा उभिएर नेपाली कांग्रेसविरुद्ध गठबन्धन गरे । ३१ वैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनको नतिजाले बाग्लुङ एमालेलाई उत्साहित बनाएको छ । बामपन्थी गठबन्धनको काँधमा चढेर एमाले बाग्लुङले नगरपालिकालगायतका क्षेत्रमा अनपेक्षित सफलता हासिल गर्दै जिल्लामा पहिलो पटक सूर्य उदाएको छ । बाग्लुङ एमालेले पछिल्लो पटक हासिल गरेको सफलताका प्रमुख सूत्रधार थिए– डा. सूर्य पाठक ।

2
टोकियोस्थित इन्टरनेशनल क्रिश्चियन युनिभर्सिभीबाट पीएचडी गरेर नेपालको राजनीतिमा फर्किका डा. पाठकको केन्द्रीयभन्दा स्थानीय राजनीतिमा बढी रमाउँछन् । पछिल्लो निर्वाचनको नजिताप्रति उत्साहित पाठकले बाग्लुङ एमालेले प्राप्त गरे सफलताको श्रेय गठबन्धन र आफ्नै पार्टी एमालेलाई दिन्छन् ।

‘एमाले जिल्ला अधिवेशनदेखि नै हामी मिसन बनाएर हिडेका थियौं, गुट–उपगुटभन्दा माथि उठेर जिल्ला अधिवेशनबाट नेतृत्व चयन ग-यौं । त्यसैको नजिता अहिले देखियो’, डा. पाठकले भने, ‘आगामी प्रदेश र संघीय संसदको निर्वाचनमासमेत बाग्लुङमा वामपन्थी गठबन्धन आवश्यक छ ।’

बाग्लुङमा वामपन्थी एकता नहुँदा नेपाली कांग्रेसलाई फाइदा पुगेको इतिहास हो, त्यसैले अब आउने निर्वाचनमा समेत वर्चश्व कायम राख्न वामपन्थी एकता आवश्यक भएको निष्कर्ष डा. पाठकको छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ–२ बाट उम्मेदवार बनेका पाठक अब हुने प्रदेश वा संघीय संसदको निर्वाचनमा उम्मेवार बन्ने तयारीमा छन् । जापानमा रहेको व्यवसायलाई थाती राखेर राजनीतिमार्फत् समाज परिवर्तनमा होमिएका पाठकलाई धौलागिरी अञ्चलमै उदाउँदो सूर्यका रुपमा हेरिएको छ ।

राजनीति उनको बाल्यकालदेखिकै लगाव हो । तत्कालीन पञ्चायतले उनलाई निगरानीमा राखेको थियो, १३ वर्षको उमेर पञ्चायतको विरोध गरेको अभियोगमा राजकाज मुद्दा लगाएको थियो । अमलाचौरमा बलियो पारिवारिक राजनीतिक विरात बोकेका पाठकले जहाँ पुगे पनि एमालेको संगठन विस्तार गर्न छोडेनन ।

जापानको एक दशक बसाईमा एमाले प्रवासी संगठनको अध्यक्षसमेत भएर उनले काम गरे । अनेरास्ववियुमा विभिन्न तहमा रहेर काम गरेका पाठकले राजनीतिका लागि शिक्षा झनै महत्वपूर्ण हो भन्ने कुरा राम्ररी बुझेका थिए ।

पृथ्वी मावि अमलाचौरमा विद्यार्थी संगठनको नेतृत्व गर्दै बाग्लुङ जिल्ला कमिटीमा रहेका पाठक एसएसलसी दिएपछि काठमाडौं छिरेका हुन् । उनले सरस्वती र त्रिचन्द्र क्याम्पसमा रहँदा अनेरास्ववियुको पदाधिकारी बनेर काम गरे । काठमाडौं जिल्ला सहसचिव भए, त्यसबेला त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघले अखिलका विद्यार्थीलाई अघोषित निषेध गरेको थियो । उनले त्यही कलेज रोजे र नेपाली विद्यार्थी संघको अखडा ठानिएको त्रिचन्द्र कलेजबाट जोखिम राजनीतिक यात्रा सुरु गरे । त्यसबेला उनले त्रिचन्द्रमा नेपाली कांग्रेसका उदयमान नेता गगन थापालाई टक्कर दिएका थिए ।
11045440_10206419767995855_5334216677404958319_n

डा. पाठकले जापानबाट पिएचडी उपाधि पाएपछि स्वदेश फर्कने तयारी गरिरहँदा नेपालमा पहिलो पटक संविधानसभा चुनावको मिति घोषणा भयो । उम्मेदवार छान्न जिल्लामा विभिन्न नामको छनोटको तयारी भइरहेका बेला अन्य प्रतिस्पर्धीलाई उछिनेर पाठकले सभासद्को टिकट हात पारे ।

त्यसबेला एमालेका पुराना नेताले एनआरएन सम्मेलनमा भाग लिन आएको व्यक्तिलाई पार्टीले टिकट दियो भनेर आलोचनासमेत गरे । तर ती आलोचनाबाट उनी पछि हटेनन् चुनावमा होमिए तर, सफलता उनको पक्षमा आएन । चुनाव हरेपछि उनी फेरि जनताको घरदैलोमा पुगेर मन जित्ने प्रयास गरिरहे ।

बैशाख १२ को भूकम्पपछि पाठकले आफ्नो निर्वाचन क्षेत्रका पुगेर जनताको दुःखमा मलम लगाउने प्रयास गरे । जनताका भत्केका घर बनाउन स्वयम सेवक भएर खटिए । पाठक भन्छन्, ‘स्थानीय निर्वाचन सकियो, जसले जिते पनि जनताको काम गर्ने हो, अब मिलेर समृद्ध बाग्लुङ बनाउने अभियानमा लाग्नुको विकल्प हामीसँग छैन् ।’

उनले जापानमा सिकेका कुरालाई आफ्नै गाउँमा प्रयोग गर्ने प्रयास गरेका छन् । समृद्ध बाग्लुङ अभियानका लागि उनले नवनिर्वाचित मेयर जनक पौडेललाई लिखित सुझाव दिएका छन् । पाठकको सुझाव मेयर पौडेलले कति कार्यान्वयनमा ल्याउँछन, त्यो हेर्न केही समय पर्खनै पर्छ ।
18641710_10213080825158121_1998933357_o

17424614_10212482718285823_6546455578332893401_n
18642023_10213080828358201_637199405_o

धेरै पढिएको