२८ आश्विन २०८२, मंगलवार
Follow Us

रुसले भन्यो, ‘अर्को क्यान्सर खोपको पनि चाँडै घोषणा’

नेपालब्रिटेन संवाददाता
६ पुष २०८१, शनिबार ०४:४७

मस्को । रुसले क्यान्सर खोप पत्ता लगाएको दावीसँगै संसारभरी उत्साह छाएको छ । रुसले हालै विकास गरेको खोपलाई शताब्दीकै सबैभन्दा ठुलो उपलब्धी भन्दै सन २०२५ वाट नै आफ्ना जनतालाई निःशुल्क लगाउने घोषणा गरिसकेको छ । तर, रुस भन्दा बाहिरका देशका नागरिकले प्रत्येक खोपको कम्तिमा ४ लाख नेपाली रुपैयाँ बराबर रकम तिर्नु पर्नेछ ।

यसैबिच, सी स्वास्थ्य मन्त्रालयको नेशनल मेडिकल रिसर्च रेडियोलोजिकल सेन्टरको वेबसाइटका अनुसार क्यान्सरसँग लड्न दुई प्रकारका अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

उसका अनुसार यी मध्ये पहिलो एमआरएनए भ्याक्सिन हो, जो उसले केही दिन अघि मात्र घोषण गरेको हो भने दोस्रो ओन्कोलाइटिक भाइरोथेरापी हो, जो केही समयमा औपचारिक घोषणा गर्दैछ ।

यस थेरापी अन्तर्गत क्यान्सर कोशिकाहरूलाई लक्षित गरी प्रयोगशालामा परिमार्जन गरिएका मानव भाइरसहरूद्वारा संक्रमित गरिन्छ। जसका कारण क्यान्सर कोशिकाहरूमा भाइरस आफैं बढ्छ। फलस्वरूप क्यान्सर कोशिका नष्ट हुन्छन्।

अर्थात्, यस थेरापीमा ट्युमरलाई सिधै नष्ट गर्नुको सट्टा रोग प्रतिरोधात्मक क्षमता सक्रिय गरेर क्यान्सरका कोशिकाहरूलाई नष्ट गरिने छ ।

यस थेरापीको लागि बनाइने भ्याक्सिनको नाम एन्टेरोमिक्स हो। यस खोपको अनुसन्धान चक्र पूरा भएको छ। छिट्टै घोषणा हुन सक्ने रुसी मिडियाले जनाएका छन ।

धेरै पढिएको