२८ आश्विन २०८२, मंगलवार
Follow Us

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपालब्रिटेन संवाददाता
१५ माघ २०८१, मंगलवार ०५:३०

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

धेरै पढिएको