२९ आश्विन २०८२, बुधबार
Follow Us

क्यानडाको नयाँ प्रधानमन्त्री मार्क कार्नी बन्ने निश्चित

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०८१, सोमबार ०६:२३

क्यानडामा लिबरल पार्टीका नेता मार्क कार्नी प्रधानमन्त्री बन्ने भएका छन । पार्टीको नेतामा निर्वाचित भएपछि उनले प्रधानमन्त्री जस्टिन ट्रुडोको ठाउँ लिने निश्चित भएको हो ।

लिबरल पार्टीको मतदानमा कार्नीले ८५ दशमलव ९ प्रतिशत मत पाएका हुन । बेलायत र क्यानडाका केन्द्रीय बैंकका पूर्व प्रमुख मार्क कार्नीले तीन जना प्रतिद्वन्द्वीलाई पछि पार्टी पार्टी नेतृत्वमा चयन भएका हुन । उनले आउँदो अक्टोबरसम्म हुने अर्को आम चुनावमा पार्टीको नेतृत्व गर्नेछन । नौ वर्षको कार्यकालपछि जनवरीमा ट्रुडोले पद त्याग गर्ने घोषणा गरेका थिए ।

पार्टीको नेतृत्वमा आएपछि कार्नीले अमेरिकाप्रति लक्षित गर्दै कहिले पनि विश्वास गर्न नसकिने देशबाट आफ्नो राष्ट्रले पछिल्लो समय खराब र अप्ठ्यारो परिस्थितिको सामना गर्न परेको प्रतिक्रिया दिएका छन । अमेरिकाले क्यानडालाई सम्मान नदेखाउँदासम्म अमेरिकी सामानहरूमा प्रतिशोधात्मक करहरू जारी राख्ने उनले बताएका छन ।

ट्रुडोले भने ट्रम्पको करहरू र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीहरूका कारण क्यानडाले छिमेकीबाट अस्तित्वको खतराको समस्या सामना गरिरहेको बताएका थिए । क्यानडाको निर्वाचनपछि भने ट्रम्पले कुनै प्रतिक्रिया जनाएको छैन ।

धेरै पढिएको