४ आश्विन २०८२, शनिबार
Follow Us

एनआरएनए र प्रमुख निर्वाचन आयुक्त डा. राजेन्द्र घिमिरेबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८२, बिहीबार १८:३४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख निर्वाचन आयुक्त डा. राजेन्द्र घिमिरे र संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

संघको १०६औं अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकको निर्णयअनुसार सन् २०२५ को अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा आयोजना हुने १२औं अन्तर्राष्ट्रिय विश्व सम्मेलन तथा महाधिवेशनमा निर्वाचन गराउने जिम्मेवारी डा. घिमिरेले पाएका छन्।

यसै सन्दर्भमा, आईसीसी निर्वाचन प्रक्रियाका लागि नियुक्त प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा. राजेन्द्र घिमिरे र संघका अध्यक्ष डा. बद्री केसीबीच निर्वाचन प्रक्रिया सुचारु गर्न बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

समझदारीपत्रमा निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्ने सहमति जनाइएको छ।

१२औं महाधिवेशन तथा विश्व सम्मेलनमा विभिन्न मुलुकबाट प्रतिनिधिहरूको सहभागिता रहनेछ। संघको निर्वाचनका लागि ५८ देशका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ भने करिब ३४०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।

धेरै पढिएको