१६ भाद्र २०८२, सोमबार
Follow Us

नेपालब्रिटेन डटकमलाई प्रधानमन्त्री ओलीको शुभकामना

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०८२, आईतवार २२:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालब्रिटेन डटकमको १८ औं वर्षगाँठका अवसरमा शुभकामना दिएका छन्। यस अवसरमा प्रधानमन्त्री ओलीले सञ्चालक, पत्रकार तथा शुभचिन्तकलाई बधाई तथा उत्तरोउत्तरको कामना गरेका छन् ।

प्रधानमन्त्रीले सन्देशमा मुलुकमा स्थिरता र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। उनले राष्ट्रिय आत्मविश्वास बढाउँदै मुलुकको समृद्धि र विकासमा लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले नेपालब्रिटेन डटकमले सूचना प्रवाहमार्फत जनतालाई सही जानकारी उपलब्ध गराउन र आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिकाको अपेक्षा गरेका छन्।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सबैले आ–आफ्नो ठाउँबाट कामलाई इमानदारीपूर्वक अगाडि बढायौं भने समृद्ध नेपाल सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा हुनेछ । नेपालब्रिटेन डटकमले अध्ययन र रोजगारीका सिलसिलामा प्रवासी जीवन व्यतित गरिरहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुबीच भावनात्मक एकता, सहकार्य र आत्मीयता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विषयवस्तुलाई आगामी दिनमा अझ सशक्त रुपमा प्रस्तुत गर्नेछ भन्ने मेरो विश्वास छ ।’

धेरै पढिएको