१७ भाद्र २०८२, मंगलवार
Follow Us

एनआरएनए यूके बैठकः नेपाली विद्यार्थीका लागि २४ सै घण्टा हेल्पलाइन सञ्चालन गर्ने

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०८२, सोमबार २०:५२

निर्वाचन खर्च बढेको प्रति चिन्ता व्यक्त

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाली विद्यार्थीका समस्या समाधानका लागि २४ सै घण्टा हेल्पलाइन सेवा सञ्चालन गर्ने भएको छ। सोमबार मिडल्याण्डमा अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।

बैठकले हेल्पलाइन विभाग गठन गरेको छ जसमा डा. रक्षा थापा, कृष्ण भण्डारी, लिलाराम निउरे, रामप्रसाद कंडेल र कला पोखरेल रहेका छन्। महासचिव दिवाकर पाण्डेका अनुसार बैठकले डा. रक्षा थापाको संयोजकत्वमा च्यारिटी विभाग पनि गठन गरेको छ, जसमा कृष्ण भण्डारी, उज्वल कार्की, लिला निउरे, शीवकान्त खराल, राममाया बिष्ट र विनु लामिछाने रहेका छन्।

त्यसैगरी बैठकले युवा विभागको संयोजकमा बासु पोखरेललाई तोकेको छ भने खेलकुद विभागको संयोजकमा उज्वल कार्की, सहसंयोजकमा ह्यारी भण्डारी र सदस्यमा प्रमोद भण्डारीलाई जिम्मेवारी दिएको छ। विद्यार्थी विभागको संयोजक विष्णु प्रसाद भट्राईलाई तोकिएको छ भने भाषा साहित्य विभागको संयोजकमा गोपी सापकोटा चयन भएका छन्। कला संस्कृति विभागको जिम्मेवारी कृष्ण देवकोटा, लोकनाथ अधिकारी, कला पोखरेल र प्रकाश कंडेललाई दिइएको छ। महिला विभाग कमला श्रेष्ठको संयोजकत्वमा गठन भएको छ जसमा कला पोखरेल र विनु लामिछाने रहेका छन्। आर्थिक विभागमा सरोज थापा र दिपक तिमल्सीना रहेका छन् भने संघ–संस्था विभागको जिम्मेवारी अध्यक्ष स्वयम् राजेन्द्र पुडासैनीले लिएका छन्। सो विभागमा डा. रक्षा थापा, दिपक गैरे, शेर बहादुर केसी, राममाया विष्ट, डा. विकाश रानाभाट र पूर्णश्वर कंडेल रहेका छन्।

गैरआवासीय नेपाली नागरिकता विभागको संयोजकमा कृष्ण भण्डारीलाई तोकिएको छ भने सदस्यमा लिलाराम निउरे, डिएन खरेल, श्याम लुइंटेल र दिपक गैरे रहेका छन्। भूपू गोर्खा तथा जेष्ठ नागरिक विभागको संयोजक दिनेश परियार रहेका छन् र सदस्यमा बालकृष्ण भुषाल र झपेन्द्र सापकोटा छन्। संघको दैनिक कार्य सम्पादनका लागि अध्यक्ष पुडासैनीको संयोजकत्वमा सचिवालय गठन गरिएको छ जसमा कृष्ण भण्डारी, दिवाकर पाण्डे, सरोज थापा, डा. रक्षा थापा र श्याम लुइंटेल रहेका छन्। बैठकले संघको ट्रस्टीमा राजेन्द्र पुडासैनी, कृष्ण भण्डारी, दिवाकर पाण्डे, डा. रक्षा थापा र सरोज थापालाई चयन गरेको छ। पर्यटन विभागको संयोजक रामप्रसाद कंडेललाई तोकिएको छ भने सदस्यमा मोहन ओली र दिनेश परियार रहेका छन्। प्रविधि विभागको संयोजक किरण घिमिरेलाई तोकिएको छ।

महासचिव पाण्डेका अनुसार गत जुलाईमा निर्वाचित कार्यसमितिको पहिलो पूर्ण बैठकले संघको निर्वाचनसम्बन्धी समीक्षा पनि गरेको थियो। बैठकमा सहभागी वक्ताहरूले अघिल्लो निर्वाचनमा खर्च बढेकोप्रति चिन्ता व्यक्त गर्दै आगामी निर्वाचन कम लागतमा सम्पन्न गर्नुपर्ने, सदस्यता शुल्क घटाउनुपर्ने र सदस्यता वितरण वर्षभर खुला राखिनुपर्ने सुझाव दिएका थिए। बैठकले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम अनुमोदन गरेको छ र सो महाधिवेशनमा यूकेको तर्फबाट उत्साहजनक सहभागिता जनाउन सबै पदाधिकारीलाई अनिवार्य रूपमा उपस्थित रहन आग्रह गरेको छ।

धेरै पढिएको