१७ भाद्र २०८२, मंगलवार
Follow Us

मनाङमा हुने प्रदेश सभा उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता गर्न आब्हन

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०८२, मंगलवार ०६:०४

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर दुईको रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगका अनुसार कात्तिक १७ गते हुने उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निवेदन दिनुपर्नेछ ।

नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने आयोगले जनाएको छ । राजनीतिक दलहरूले भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

प्रदेशसभा सिटमा निर्वाचित दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

धेरै पढिएको