२६ भाद्र २०८२, बिहीबार
Follow Us

सुन्धाराअगाडि जेन–जी समुहका युवाहरूबीच हानाहान

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०८२, बिहीबार ०९:३६

काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा रहेको बेला हानाहान भएके हो ।

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन अवस्थामा छ । नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहेका छन् ।

अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका शिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच हानाहान भएको हो ।

धेरै पढिएको