काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्य्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्छ भन्ने पक्षमा आफुहरु रहेको बताएका छन ।
आज (बिहिबार) एक भिडियो सन्देश सार्वजनि गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफुहरु तोकिएकै समय निर्वाचन सम्पन्न हनुपर्छ भन्ने पक्षमा रहेको बताएका हुन । माओवादी अध्यक्ष प्रचण्डले लोकतान्त्रिक अभ्यासलाई अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताएका छन ।
माओवादी अध्यक्ष प्रचण्डले उक्त भिडियो सन्देशमा भनेका छन, ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्छ । हामि घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं ।’
प्रचण्डले आफ्नो सम्बोधनमा अतीतका कमजोरीहरूलाई स्वीकार गर्दै पार्टी र नेतृत्व दुवैलाई सच्याउने प्रक्रियामा रहेको बताए। उनले भने, ‘हामीले गलत विचार वा नीति लिएका होइनौं तर व्यवहारमा कतै चुक्यौँ ।’
उनले सरकारको नेतृत्व गर्दा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर लडिरहेको दाबी गरे। तर, जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको स्वीकार गर्दै उनले सच्याउने प्रतिबद्धता जनाए। नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल सुरु भइसकेको पनि उनले बताएका छन ।
सम्बोधनमा प्रचण्डले संविधान र लोकतान्त्रिक गणतन्त्रप्रति कुनै पनि प्रकारको विचलन देशलाई समाधानतर्फ नभई संकटतर्फ लैजाने चेतावनी दिएका छन। उनले भनेका छन, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। संविधान र लोकतन्त्रको रक्षा मार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नुपर्छ, यो सबै नेपालीको साझा कर्तव्य हो ।’