४ आश्विन २०८२, शनिबार
Follow Us

भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०८२, शनिबार ०६:३७

काठमाडौं । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् ।

२४ भदौ बिहान कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीहरु सुरक्षा निकायको सक्रियतामा धमाधम पक्राउ पर्दै आएका छन् ।

जसमा ५७ जना कैदीबन्दी आफैं सम्पर्कमा आएको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिएका छन । कारागार प्रशासनले दिएको जानकारीअनुसार हिजाे शुक्रबार साँझ ७ बजेसम्म नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको सहयोगमा हालसम्म भीमफेदी कारागारका १८६ जना कैदीबन्दी कारागारको नियन्त्रणमा आइसकेको प्रमुख पौडेलले बताए ।

भागेकामध्ये २५४ जना कैदीबन्दीको अझै अत्तोपत्तो छैन । अन्य कारागारबाट भागेका ६१ जना कैदीबन्दीलाई पनि भीमफेदी कारागारमा ल्याइएको छ ।

काठमाडौंका कारागारबाट भागेका कैदीबन्दी मकवानपुरबाट पक्राउ गरेका छन् । कुल १ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारमा हाल ८६१ जना मात्रै रहेका छन् ।

धेरै पढिएको