७ आश्विन २०८२, मंगलवार
Follow Us

सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०८२, मंगलवार ०५:३३

काठमाडौँ । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोल बजार नगरपालिका-१३ का १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्त राम शर्माले जनाकारी दिए ।

उनका अनुसार आइतबार राति ८ बजे बेपत्ता भएका थिए । आज बिहान घरभन्दा केही पर आँप बगैँचामा उनको शव फेला परेको हो ।

सोमबार अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको एसपी शर्माले जनाकारी दिए । अहिले घट्नबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको