१४ आश्विन २०८२, मंगलवार
Follow Us

पूर्वराजा शाहले दसैँमा सर्वसाधारणलाई टीका–जमरा नलगाइदिने

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०८२, आईतवार ०५:५९

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको विजया दशमीका अवसरमा टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् ।

आइतबार दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आम नागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको बताए।

पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यसपटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन्।

‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनैपर्दछ। जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

धेरै पढिएको