मुख्य समाचार
४ किलो अबैध सुनसहित ४ जना पक्राउ
धादिङ । धादिङको गजुरीबाट चार किलो अबैध सुनसहित चारजना पक्राउ परेका छन् ।प्रदेश तीनको प्रहरीको विशेष टोलीले गएराति सुनसहित संजित वाइवा लगायतका व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई राति साढे १० बजे पक्राउ गरिएको प्रदेश ३ प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ । पक्राउ परेका ब्यक्ति र बरामद सुन प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

