लण्डन । निर्देशक, लेखक तथा निर्माता दिपक शर्माको प्रस्तुति टेलिसिरियल ‘दले दाई’ नियमित प्रसारणमा आएको छ। अमलाचौर मिडिया नेटवर्कले निर्माण गरेको यस टेलिसिरियलमार्फत नेपाली समाजमा व्याप्त दलाली प्रथा र विदेशिन बाध्य भएका नेपालीले भोग्नुपरेको कठिनाईलाई यथार्थपरक ढंगमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
सिरियलमा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, लक्ष्मीनाथ टिमिल्सिना, दिपक शर्मा, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने, कैलाश अधिकारी, शिवकुमार महत, कमला भण्डारी, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनालले अभिनय गरेका छन्।
सोमबारदेखि नियमित रूपमा प्रसारण भइरहेको ‘दले दाई’ मा वरिष्ठ कलाकार विश्वमणि घिमिरे निर्देशन सल्लाहकारको भूमिकामा रहेका छन्। दर्शकहरूले यो टेलिसिरियल ‘दले दाई’ युट्युब च्यानलमार्फत हेर्न सक्ने निर्माणकर्ता दिपक शर्माले जानकारी दिएका छन्।
यस टेलिसिरियलमा छायांकन राहुल राई, श्रृंगार गीताञ्जली योगी, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठ र सम्पादन उपेश कोईरालाले गरेका छन्। शीर्ष संगीत खड्ग गन्धर्वले रचना गरेका हुन् भने शब्द सरु पौडेलको रहेको छ।