काठमाडौँ । जेन जेड आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धबाट लुटिएको एक थान पेस्तोलसहित कुमार पाख्रिन लामा पक्राउ परेका छन् ।
सिन्धुली कमलाई नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्ने ३५ वर्षीय लामा भन्ने पाख्रिनलाई प्रहरी वृत्त बौद्ध प्रहरी टोलीले शनिवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अहिले पाख्रिनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
२३ र २४ भदौमा देशभर भएको जेन-जीको प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो । प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटेर लगेको तस्बिर, भिडिओमासमेत देखिन्थ्यो । तीमध्ये तीन सयभन्दा बढी हतियार फिर्ता तथा सुरक्षा निकायले बरामद गरेका छन् ।