१५ कार्तिक २०८२, शनिबार
Follow Us

‘मैले भाग लिन पाइनँ भने देशमा फेरि चुनाव हुँदैन’ : रेशम चौधरी

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०८२, शुक्रबार १३:११

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफूसहित लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर गरेका छन् ।

‘चुनाव रेशम थारु, लक्ष्मण थारु र धनिराम थारुले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन,’ चौधरीले भने, ‘सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? शेरबहादुर, ओली र प्रचण्डको इतिहास के थियो ? जेनजीको इतिहास के छ ?’

साथै, उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाए ।

‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ?,’ चौधरीले भनेका छन् ।

धेरै पढिएको