 नेपालब्रिटेन संवाददाता
                    नेपालब्रिटेन संवाददाता 
            
            काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् ।
एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताए ।
उनले भने ‘हामीले सबै सङ्गठित सदस्यको प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुर्याएका छौँ । करिब छ लाख ६० हजार सङ्गठित सदस्यबाट नै प्रतिनिधि छनोट हुनेछन् ।’
भोलि बस्ने सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिए ।
यसअघि पार्टीको १०औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गरिएका थिए । एमालेको ११औँ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा तोकिएको छ ।