 नेपालब्रिटेन संवाददाता
                    नेपालब्रिटेन संवाददाता 
            
            लन्डन । बेलायतका अधिराजकुमार एन्ड्रयुले आफ्नो उपाधि गुमाएका छन् । राजा चार्ल्सका भाइ एन्ड्रयुलाई अब एन्ड्रयु माउन्टबेटन विन्डसर नामले सम्बोधन गरिने बिहीबार राति बकिङह्याम दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कुख्यात बाल यौन दुराचारी जेफ्री इप्स्टेनसँगको सम्बन्धलाई लिएर उनी विवादमा तानिएका थिए । यस विषयमा हप्तौंदेखि अनुसन्धान चलिरहेको छ । चार्ल्सले अब बेलायती राजकुमारका रूपमा उपभोग गरिरहेका विन्डसर म्यान्सन रोयल लज पनि त्याग्नेछन् ।
राजकुमारका रूपमा पाएको ‘डुक अफ योर्क’ उपाधिसहित अन्य शाही उपाधि उनले अघिल्लो महिना नै त्यागिसकेका छन् । मरणोपरान्त प्रकाशित अधिवक्ता भर्जिनिया लुईस जुफ्रेको संस्मरणमा राजकुमार एन्ड्रयुसँग तीनपटक यौन सम्बन्ध कायम रहेको उल्लेख छ । आफूमाथि किशोरावस्थामा एन्ड्रयुले जबर्जस्ती गरेको उनको आरोप छ ।
यौन दुराचारी तथा मानव तस्करविरुद्ध कानुन लडाइँ सञ्चालन गरिरहेकी यी अभिवक्ताको ४१ वर्षको उमेरमा गत अप्रिलमा निधन भएको थियो । उनको आत्मवृत्तान्त गत महिना मात्रै प्रकाशित भएको हो । कुख्यात दुराचारी जेफ्रे इप्स्टेनलाई कानुनी दायरामा ल्याउन उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।