काठमाडौं । रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित माओवादीसँगको एकतामा सहभागी नभएका एकीकृत समाजवादीका नेताहरु एमाले प्रवेश गर्दैछन् । अपराह्न दुई बजे राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानबाट उनीहरु एमाले फर्कन लागेका हुन् ।
झाँक्रीलाई प्रवेश गराएर ओलीले अभियानको सुरुआत गर्नेछन् । झाँक्री र श्रेष्ठका साथै पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठलगायत पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।