२५ कार्तिक २०८२, मंगलवार
Follow Us

राजेन्द्र लिङ्देन र कमल थापाबीच ‘वान टु वान’ वार्ता

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०८२, मंगलवार १३:१४

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता जारी छ । धुम्बाराहीस्थित एक होटलमा दिउँसो ३ बजेदेखि वार्ता भएको छ ।

छलफलमा दुई नेता मात्र सहभागी छन्। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।

‘जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, आगामी निर्वाचन र पार्टी एकताको विषयमा केन्द्रित रहेर दुई अध्यक्ष छलफलमा जुट्नु भएको छ,’ महामन्त्री बर्तौलाले भने, ‘राष्ट्रवादी शक्तिलाई एकीकृत गर्ने र बलिया शक्ति निर्माण गर्ने अभिप्रायका साथ यो छलफल चलेको हो।’

धेरै पढिएको