३० कार्तिक २०८२, आईतवार
Follow Us

सुनको मूल्य ६ हजार ९ सय रुपैयाँले घट्यो

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०८२, आईतवार ०६:१७

काठमाडौँ । नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार तोलामा २ लाख ४९ हजार ७ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । १ सय ५० रुपैयाँले घटेर आज प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ शुक्रवार तोलामा ३ हजार २ सय ८५ रुपैयाँमा कायम भएको थियो ।

धेरै पढिएको