काठमाडौँ । नेपाल प्रहरीका डिआइजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा रहेका डिआइजी कार्कीलाई एआईजीमा बढुवा गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।
सरकारले काठमाडौँ उपत्यकाका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो।