लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘बृहत् एकताको’ विषयबारे जानकारी दिन भोलि आइतबार (मंसिर १४) पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
संघले उक्त कार्यक्रममा गरिमामय उपस्थिति जनाइदिन सबै सञ्चारकर्मीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।
वरिष्ठ सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले पत्रकार सम्मेलन एनआरएनए सचिवालय, बालुवाटारमा दिउँसो २ बजेबाट सुरु हुने जानकारी दिएकी छन्। संघका अनुसार कार्यक्रममा संगठनका हालका गतिविधि, आगामी योजनाहरू तथा एकता सुदृढीकरणसम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गरिनेछ।
एनआरएनएले सञ्चारकर्मीहरूको सक्रिय सहभागिताले संस्थालाई अझ सबल बनाउने विश्वास व्यक्त गरेको छ।
यस्तै, भोलिनै प्रधानमन्त्री सुशिला कार्कीको उपस्थितिमा गैरआवासीय नेपाली संघका विभिन्न असन्तुष्ट पक्षहरूसँग एकता गर्दै संगठनलाई मजबुत बनाउने कार्यक्रम तय भएको छ।