६ पुष २०८२, आईतवार
Follow Us

यी हुन् चुनाव लड्न नपाउने एनआरएनएको स्टेरिङ कमिटीका सदस्यहरू

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०८२, आईतवार २०:०५

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आइतबार गरिएको बृहत् एकता घोषणापछि स्टेरिङ कमिटी सार्वजनिक गरिएको छ। एनआरएनएका अध्यक्ष डा. बद्री केसीले आइतबार एक पत्रकार सम्मेलनमार्फत १० जनाको नाम सार्वजनिक गरेका हुन्।

सहमति अनुसार आगामी महाधिवेशनसम्म डा. बद्री केसी र महेश श्रेष्ठले संघलाई संयुक्त नेतृत्व दिनेछन्। महाधिवेशनको तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ। सो समितिमा दुवै पक्षबाट पाँच–पाँच जना तथा एक जना स्वतन्त्र सदस्य रहने सहमति भएको एनआरएनएले जनाएको छ।

स्टेरिङ कमिटीमा डा. बद्री केसी (रुस), महेश श्रेष्ठ (जापान), रतन झा (अमेरिका), गौरीराज जोशी (अमेरिका), गंगाधार गौतम (बेल्जियम), विनोद श्रेष्ठ (अस्ट्रेलिया), भवानी ओली (अस्ट्रेलिया), आरके शर्मा (कतार), विनोद कुँवर (कोरिया) र बीआर लामा (अमेरिका) रहेका छन्। श्रेष्ठ र डा. केसीको सहमतिमा थप एक जना सदस्य पछि मनोनयन गरिने संघले जनाएको छ।

धेरै पढिएको