पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने
काठमाडौं । उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । पार्टीले दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा घोषणा सभा गर्न लागेको छ । कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ रहेका छन् । कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।
पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ । जेनजी आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन पनि पार्टीले आह्वान गरेको छ।