काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए ।
उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी रहेका थिए ।