२२ मंसिर २०८२, सोमबार
Follow Us

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०८२, सोमबार ०५:०४

काठमाडौं । दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा भेटिएका छन । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख पाण्डेका अनुसार खनाल आफू सुत्ने कोठा भित्रै मृत फेला परेका छन् । ‘तीन तलाको होटलको पहिलो तलामा उहाँहरु सपरिवार बस्नु हुँदोरहेछ, आज बिहान कोठाभित्रै मृत फेला पर्नुभयो,’ इन्सपेक्टर पाण्डेले भने । घटनास्थलको प्रकृति हेर्दा खनालले आत्महत्या गरेको जस्तो देखिने पनि उनले जानकारी दिए ।

‘कोठा भित्रबाट लक थियो । त्यसैले सुसाइड हो कि जस्तो देखिन्छ,’ इन्सपेक्टर पाण्डेले भने, ‘मुचुल्का उठाएर अनुसन्धान सुरु गरेका छौं ।’

धेरै पढिएको