२२ मंसिर २०८२, सोमबार
Follow Us

ईश्वर पोखरेलले पार्टीमा बुझाए महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०८२, सोमबार १३:५२

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रिय कार्यालयमा बुझाएका छन् ।

सोमवार अपरान्ह च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा आफू पक्षका नेताहरुसहित पुगेका उनले महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका हुन् ।

पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व तथा पार्टी भित्रको नियन्त्रण र सन्तुलनको परिचालन, जनताको बहुदलीय जनवादबाट निर्देशित भएर कसरी चल्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर आफूहरुले सो अवधारणा पत्र तयार पारेको वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट पारे ।

उनले आफूहरुले सो अवधारणा पत्र महाधिवेशनमा व्यवस्थित रुपमा राख्ने समेत बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनका लागि प्रतिनिधि चयनमा केही ठाउँमा देखिएको समस्या समाधान भइसकेको समेत बताए ।

अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै सो अवधारणा पत्र बुझाउन अनुकुल नभएपछि पार्टी केन्द्रिय कार्यालयमा बुझाइएको पनि उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरुले नेतृत्वमा पुनर्गठन चाहेको र त्यो नभए पार्टी गलत ढंगले अघि बढ्ने जिकिर समेत गरे ।

धेरै पढिएको