१४ पुष २०८२, सोमबार
Follow Us

मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०८२, मंगलवार ०६:१६

काठमाडौँ। मानव बेचबिखनका आरोपीलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

२०६२ चैत १७ गतेदेखि मानव बेचबिखन (जीउ मास्ने बेच्ने)को कसुरमा फरार वीरगंज महानगरपालिका–१९ का ४५ वर्षीय सुरेसप्रसाद कलवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार कलवारलाई वीरगंज–९ बाट पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।

धेरै पढिएको