२ चैत्र २०८२, सोमबार
Follow Us

एमालेको मतदान सकियो , मतपरिणाम आजै सार्वजनिक हुने

नेपालब्रिटेन संवाददाता
३ पुष २०८२, बिहीबार ०१:१४

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।
नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । तर शतप्रतिशत भोट खसेको छैन ।

२ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए । उनले भने, ‘२ हजार २२७ मत खस्यो । ३६ जना अनुपस्थित हुनुभयो ।’ ८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको थियो ।

मतपरिणाम आजै सार्वजनिक हुनेछ । आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेल प्यानलसहित प्रतिस्पर्धा गरेका छन् ।

धेरै पढिएको