४ पुष २०८२, शुक्रबार
Follow Us

रवि लामिछाने रिहा हुँदै

नेपालब्रिटेन संवाददाता
४ पुष २०८२, शुक्रबार ०३:२९

काठमाडाैं। सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्।

अदालती प्रक्रिया पूरा गर्न बिहीबार सम्भव नभएकाले उनी आज रिहा हुन लागेका हुन्। उच्च अदालत, तुलसीपुरको भैरहवा अदालतले उनलाई जमानतमा रिहा गर्न भनेको थियो। जसअनुसार जिल्ला अदाललते उहाँको धरौटी स्वीकार गर्नुपर्ने हुन्छ।

त्यसका लागि लामिछाने जिल्ला अदालत, रूपन्देही जानुपर्ने भएकाले आज मात्र छुट्न लागेका हुन्। जिल्ला अदालत, रूपन्देहीले बिहीबार नै लामिछानेलाई उपस्थित गराउन नक्खु कारागारलाई पत्राचार गरिसकेको छ।

लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा हुनुपर्छ। पहिलो, उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रूपन्देहीमा पुग्नुपर्छ। उक्त आदेश शुक्रबार मात्रै जिल्ला अदालतमा पुग्नेछ।

दोस्रो, आदेशपछि जिल्ला अदालतले रवि लामिछानेले बुझाउने भनेको बिगो बापतको दामासाहीको रकम र धरौटीको बैंक ग्यारेण्टीको रुजु गर्नेछ । त्यसपछि जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई झिकाउन कारागार प्रशासनमा चिठी लेख्नेछ।

तेस्रो, चिठी पाएपछि कारागार प्रशासनले रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीमा बुझाउनेछ। बिहीबारको आदेशअनुसार, त्यहाँ उपस्थित भएर उहाँले पछि फैसलामा ठहरेबमोजिम बिगो र जरिवाना बुझाउन मञ्जुर छु भन्ने व्यहोराको कागजमा सही गर्नेछन्।

धेरै पढिएको