११ पुष २०८२, शुक्रबार
Follow Us

रास्वपा र बालेन पक्षबीच लगभग सहमति

नेपालब्रिटेन संवाददाता
११ पुष २०८२, शुक्रबार १२:५१

काठमाडौँ । रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पक्षबीच एक भएर अघि बढ्ने विषयमा लगभग सहमति भएको नेताहरूले जनाएका छन्।

दुवै पक्षका दुई-दुई जना रहेको चार सदस्यीय वार्ता समितिबीच छलफल भएर प्रस्तावहरूमा लगभग सहमति भए पनि अन्तिम टुंगो भने आज लाग्न सकेन। के-के विषयमा सहमति जुट्यो भन्नेबारे दुवै पक्षले विस्तृत रूपमा खुलाएका छैनन्।

रास्वपाका एक नेताका अनुसार मेयर साहलाई सहसभापति र प्रधानमन्त्री बनाउने भन्ने कुरा प्रस्तावित छ। केन्द्रीय समितिमा मेयर बालेन पक्षलाई पनि समेट्नेजस्ता कुराहरू छन्।

वार्ता समितिका बीचमा लगभग सहमति जुटेको छ भने त्यसलाई अन्तिम रूप सभापति लामिछाने र मेयर साहबीच कुराकानी गरेपछि हुनेछ। नेताहरूका अनुसार मिलेर अघि जाने विषयमा शनिबार टुंगो लाग्नेछ।

धेरै पढिएको